२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरण: न्यायाधीशसमक्ष बयान दिन इन्द्रजित राईले गरे आनाकानी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । आफ्नो ‘स्वास्थ्य ठिक’ नभएको भन्दै उनले बयान दिन आनाकानी गरेका हुन् ।

राईले स्वास्थ्य ठिक भएको अवस्थामा ‘टि ब्रेक’ मा बयान दिने बताएका छन् । त्यसपछि उनले अदालतमै आफ्ना वकिलसँग छलफल गरेका छन् । शुक्रबार सागर राई र केशवप्रसाद दुलालसँग बयान लिइएको थियो ।

यो प्रकरणमा संलग्न रहेका ३० मध्ये अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन् । नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।

काठमाडौँ जिल्ला वकिलको कार्यालयले गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको थियो ।