२९ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन– सञ्चारमन्त्री शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अन्तिम चरणमा पुगिसकेको बताएकी छन् ।

आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताएकी हुन् ।

उनले भोलिको क्याबिनेटले एजेण्डाको अन्तिम टुंगो लगाउने बताइन् । ‘भ्रमणका एजेन्डाहरू मन्त्रालयले तयार पारिरहेका छन्। अन्तिम-अन्तिम चरणमा पुगेको छ। खासगरी ऊर्जासँग सम्बन्धित विषय छ । कैयन् कुराहरू समेट्ने तयारी छ। सीमासँग सम्बन्धित विषयहरू पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णयचाहिँ भइसकेको छैन।’

सञ्चारमन्त्री शर्माले सम्बन्धित विषयका सम्बन्धित प्रतिनिधि जाने जानकारी दिदै भनिन्, ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ’।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएको थियो।