काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उहाँलाई आइतबार अचानक मुटुमा समस्या आएपछि गंगालाल अस्पताल भर्ना हुनुभएको हो।
उहाँको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभएको छ। गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो।
श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिनुभयो। उहाँ केही दिनअघि कोरोना संक्रमणमुक्त हुनुभएको थियो ।