१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी



file photo
अ+ अ-

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । भोलि जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजाय माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

सरकारले टिकापुर हत्याकाण्डमा दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफ गर्ने तयारी गरेको छ । यसअघि राष्ट्रपति कार्यालयले चौधरीको सजाय माफसम्बन्धि पत्र गृह मन्त्रालयमा फिर्ता गरिदिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

कैदी बन्दीको सजाय माफबारे शनिबारको बैठकमै निर्णय हुने बताईएको थियो । तर निर्णय हुन सकेको थिएन । आजको बैठकमा
सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा पनि छलफल हुने बताईएको छ ।