२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा परी एकै घरका तीन जना घाइते



(सांकेतिक तस्बिर)
अ+ अ-

पाँचथर । पाँचथरमा गएराति भएको आगलागीमा परी एकै घरका तीन जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । 

खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन् । यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल फिदिममा घाइतेलाई भर्ना गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । रासस