२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक परे मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौँ- काँग्रेस



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले आज मत लिन लाग्नुभएको हो । 

नेकपा एमालेले सो सरकारलाई दिएको विश्वास फिर्ता लिएको जनाएपछि मुख्यमन्त्रीले विश्वको मत लिनु परेको हो । तर एमालेकै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले भने उहाँलाई मत दिने भएको छ । सो दलको आज बसेको बैठकमा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले मुख्यमन्त्रीलाई मत दिने बताएका छन् ।

यसैबीच नेपाली काँग्रेसको पनि प्रदेश सभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने बताएको छ ।

माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय लिने अर्थात् आवश्यक परेमा मत दिने भएको हो । 

सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने कांग्रेस सचेतक टेकबहादुर रैकाले बताउनुभयो । मत नचाहिए कांग्रेस तटस्थ बस्नेछ र यदि मत नपुगेर मुख्यमन्त्री पदमुक्त हुने अवस्थामा आएमा काँग्रेसले मत दिनेछ, उहाँले भन्नुभयो ।