२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक परे मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौँ- काँग्रेस



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले आज मत लिन लाग्नुभएको हो । 

नेकपा एमालेले सो सरकारलाई दिएको विश्वास फिर्ता लिएको जनाएपछि मुख्यमन्त्रीले विश्वको मत लिनु परेको हो । तर एमालेकै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले भने उहाँलाई मत दिने भएको छ । सो दलको आज बसेको बैठकमा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले मुख्यमन्त्रीलाई मत दिने बताएका छन् ।

यसैबीच नेपाली काँग्रेसको पनि प्रदेश सभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने बताएको छ ।

माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय लिने अर्थात् आवश्यक परेमा मत दिने भएको हो । 

सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने कांग्रेस सचेतक टेकबहादुर रैकाले बताउनुभयो । मत नचाहिए कांग्रेस तटस्थ बस्नेछ र यदि मत नपुगेर मुख्यमन्त्री पदमुक्त हुने अवस्थामा आएमा काँग्रेसले मत दिनेछ, उहाँले भन्नुभयो ।