काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेञ्चमा हुदै छ । न्यायाधीश खतिवडाको बेञ्चमा पेशी तोकिएकोले आज ती रिटमा सुनुवाई हुन लागेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
संसदबाट विश्वसाको मत लिन नसकेपछि ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भएकोले सो विस्तार खारेज गरिनुपर्ने जिकीर रिटमा गरिएको छ ।