२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताउनु भएको छ ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता थियो । शनिबार सांसदहरुले सोधेका स्पष्टिकरणबारे जवाफ दिने क्रममा उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन पनि दिनु भयो ।