२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा आफन्तबाटै अधिकांशको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

उहाँले हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन् ।”

उहाँले जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारी लगायतबाट भएको बताउनुभयो । उहाँले घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शङ्का, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड/रक्सी र लागुऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको बताउनुभयो । रासस