काठमाडौं । विराटनगरमा एक मजदुरको ज्यान लिने गरी भएको कार दुर्घटनाका आरोपी सांसद विन्दिया कार्कीका छोरा रवीन कार्कीविरुद्ध अनुसन्धान सुरु भएको छ ।
प्रहरीले सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो ।
बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्री भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्मालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । त्यस्तै, मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।