• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

जलहरीमा सुन कि पित्तल ?



काठमाडौँ । पशुपतिनाथको जलहरीमा सुन कि पित्तल भन्ने विवादले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । दुई शब्दलाई प्रमुख पतिपक्षी दल नेकपा (एमाले)ले गम्भीर आरोपका रुपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन् । यस विवादलाई लिएर शनिबार विहान प्रधानमन्त्रीसहित शीर्ष नेताबीच हुने छलफलबाट मात्र टुंगो लाग्ने भएको छ । छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन ।

जेठ १० गते नीति तथा कार्यक्रम छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरीमा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको आरोप लगाएको दुई दिनपछिको बैठकमा एमालेले विरोध गर्दै रोष्ट्रम नै घेराउ गरेको थियो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।