३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महात्मा गान्धीकी पनातिनीलाई ७ वर्षको जेल सजाय !



अ+ अ-

काठमाडौं । महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई  दक्षिण अफ्रिकाको एक अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । 

रामगोबिनलाई अदालतले ६० लाख रेन्ड जालसाजी गरेको अभियोगमा यो सजाय सुनाएको हो । रेन्ड दक्षिण अफ्रिकाको मुद्रा हो र नेपाली रुपैयाँमा यसको मूल्य करिब ५ करोड १५ लाख रुपैयाँ हुन जान्छ । 

सोमबार दर्बनको एक अदालतले ५६ वर्षकी रामगोबिनलाई यो सजाय सुनाएको हो ।

उनीमाथि उद्योगपति एसआर महाराजलाई जालसाजी गरेर पैसा ठगेको आरोप थियो । आशिष लता नाम चलेकी मानवअधिकारकर्मी इला गान्धी र दिवंगत मेवा रामगोविन्दकी छोरी हुन् ।

महात्मा गान्धीका कैयौं अन्य वंशजहरु मानव अधिकार कार्यकर्ता छन् । उनीहरुमध्ये आशिष लताका काकापट्टिका दाजुभाइ किर्ति मेनन, स्वर्गीय सतीष धुपेलिया र उमा धुपेलिया मिस्त्री लगायत छन् । आशिष लताकी आमा इला गान्धीलाई पनि विशेष रुपले उनका प्रयासको लागि अन्तराष्ट्रिय स्तरमा पहिचान प्राप्त भएको थियो । 

। इला गान्धी महात्मा गान्धीका ४ छोरामध्ये माइला छोरा मणिलाल गान्धीकी छोरी हुन् ।

भारत र दक्षिण अफ्रिकामा  उनलाई राष्ट्रिय सम्मानले पुरस्कृत गरिएको थियो ।