• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि ★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार

ताप्लेजुङमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु



symbolic picture

ताप्लेजुङ। स्कार्पियो दुर्घटनामा बिहान ताप्लेजुङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका(६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नम्बरको स्कार्पियो अनियन्त्रित भई बाटोदेखि करिब ४०(५० मिटर तल खसी दुर्घटना भएको थियो ।

गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।रासस