५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु



अ+ अ-

पुने । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ ।

कारखानाबाट सोमबार अपरान्ह् धुवाँको मुस्लो निस्किएपछि स्थानीयको सहयोगमा अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर निकालेका थिए । आगलागीको कारण स्पष्ट हुनसकेको छैन । 

पुनेको औद्योगिक क्षेत्रमा रहेको  ‘एसभी एक्वा टेक्नोलजीज’ नामक कम्पनीको स्वामित्वमा रहेको उक्त कारखाना आगलागीमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । उहाँले घाइतेलाई केही राहत उपलब्ध गराइने पनि बताउनुभएको छ । 

महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । रासस