४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस माओवाद अवलम्बन गर्ने बाटोमा गएको हाे ? : पूर्वमहान्यायाधिवक्ता बडाल



अ+ अ-

 काठमाडौँ । पूर्व महान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई असंवैधानिक तरिकाबाट पदबाट हटाउनुभन्दा महाअभियोग लगाउनु संविधानअनुरुप हो भनेका छन् । सामाजिक सञ्जालमार्फत उनले अब प्रधानन्यायाधीशले संसद्बाट महाअभियोग प्रस्तावको सामना गर्नु उचित हुने बताए । आज ‘जनयुद्ध दिवस’ मनाउन महाअभियोग प्रस्तावले बहुआयामिक कुराको सङ्केत गर्छ भन्दै उनले नेपाली कांग्रेस माओवाद अवलम्बन गर्ने बाटोमा गएको देखिनु महत्वपूर्ण कुरा भएको उल्लेख गरे ।

महाअभियोग प्रस्तावको अन्त्य कसरी हुन्छ भन्ने थाहा नहुने भन्दै भनेका छन्, “युद्ध शुरु गर्नेको हातमा कसरी अन्त्य गर्ने कुरामा नियन्त्रण हुँदैन भनेझैँ यो सिलसिला कहाँ पुग्छ अहिलै भन्न सकिन्न ।”