• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती

ढाकाकुमारको प्रष्टीकरण- सांसद बन्न पार्टीलाई पैसा बुझाएको छैन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्नका लागि पार्टीलाई कुनै पनि रकम नबुझाएको स्पष्ट पारेका छन् । बिहीबार राति एक विज्ञप्ति जारी गर्र्दै श्रेष्ठले विभिन्न मिडियामा आएको जस्तो आफूले पार्टीलाई पैसा नबुझाएको दाबी गरेका छन् ।
‘केही अनलाइन मिडियाहरुले समानुपातिक सांसद बन्नका तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियासँग नबोलेकाले र समाचार सम्प्रेषणका लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहिन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरुको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले जारी विज्ञप्तिमा भनेका छन् ।
उनले स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरुले यस्तो भ्रामक तथ्यहिन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयम कानूनी प्रक्रियामा जान बाध्य हुने बताएका छन् ।
ढाका कुमारले व्यववसायी दुर्गा प्रसाईसँग आफू मन्त्री बन्न लागेको र त्यसका लागि सहयोग आवश्यक रहेको भन्दै २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्र्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।
श्रेष्ठले आफू निर्दोष रहेको भन्दै कानूनी उपचार खोज्ने बताउँदै आएका छन् ।