२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गर्नुभएको छ । २२ दिन लामो उपचारपछि उहाँले कोरोनामाथि जित हासिल गर्नु भएको हो । 

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । नेपालका शिख समुदायका प्रेरणाका स्रोत तथा ट्रान्सपोर्ट पायोनियर ८७ वर्षीय प्रितम सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत हुनुहुन्थ्यो । सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडांै प्रवेश गर्नुभएको थियो । 

नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले परिचित हुनुहुन्छ । उहाँहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।

त्यसबेला काठमाडांै आएका उहाँलाई तत्कालीन राजा महेन्द्रले यहीँ बस्न आग्रह गर्नुभएको थियो । राजा महेन्द्रले सिंह बाबुछोरालाई आफूसँगै ल्याएको ट्रक यहीँ चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्धत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ । उहाँहरुको मद्धतबाटै काठमाडौंमा शिख समुदायको प्रवेश बढी ठूलो संख्या भएको सो पुस्तकमा उल्लेख छ ।