• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

शरणार्थी प्रकरण : न्यायाधीश समक्ष प्रतिवादीको बयान आजदेखि



file photo
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकाहरुको बयान आजदेखि न्यायाधीश समक्ष सुरु हुने भएको छ । प्रहरीले उक्त प्रकरणमा ३० जनाविरुद्ध विभिन्न पाँच अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिसकेको छ ।
बुधबार दर्ता भएको उक्त मुद्दामा १६ जना पक्राउ परेका छन् भने १४ फरार अवस्थामा छन् । जसमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सचिवलगायतका व्यक्तिहरु समेत छन् ।
उनीहरुको आजदेखि न्यायाधीश समक्ष बयान दिनेछन् । बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।