२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले



file photo
अ+ अ-

काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । 

उहाँले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ – विनाकारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु । रासस