काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा माधव समूहप्रति खनिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई भन्दै आक्रोश पोखेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा एमालेको माधव समूहका सांसदले मतको पक्षमा मतदान गरेका थिए ।
बाँस्कोटा लेख्छन्,
विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना !!
— Gokul Prasad Baskota (@GokulPBaskota) June 8, 2021