३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याब्सनका सल्लाहकार महर्जनको कोरानाबाट निधन



अ+ अ-

भक्तपुर । ‘‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो । प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष, भक्तपुरका पूर्वाध्यक्ष उहाँलाई कोभिड–१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत वैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो । उहाँका दाइ श्याम महर्जनले कोरोना पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने प्रयास असफल भएको जानकारी दिनुभयो । 

विसं २०२६ कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनुभएका महर्जनले शिक्षाको विकासका लागि दुई दसकदेखि योगदान दिँदै आउनुभएको थियो । पत्रकारितामा समेत चासो राख्ने उहाँले शिक्षासँग सम्बन्धित विषयमा लेख्नाका साथै सामाजिक सञ्जालमा प्रेरणामूलक सन्देश प्रवाह गर्दै थियो । महर्जनक पत्नी र एक छोरा छन् ।