२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजुभाइ मृत फेला



अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । 

सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् ।  दुबै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।

रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगी रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।