३० आश्विन २०८१, बुधबार
,
Latest
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो भीरमा फालेर छ वर्षीय छोराको हत्या विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छः पूर्वाधारविद् थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता



अ+ अ-

जाजरकोट । भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।