५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरण: ११५ पीडितमध्ये ९० जनाभन्दा बढीले नगद बुझाएको विवरण पेश



file photo
अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ९० जनाभन्दा बढी पीडितले नगद पैसा बुझाएको विवरण पेश गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको अभियोगपत्रमा समावेश भएका ११५ पीडितमध्ये करिब २० जनाले मात्र चेक, बैंक, आईएमई जस्ता माध्यमबाट पैसा बुझाएको उल्लेख छ ।

सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ५० रुपैयाँको बिगो माग गरेको मध्ये १० जनाले पैसा कसरी बुझाएका थिए भन्ने केही उल्लेख छैन ।

यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये १६ प्रतिवादी पक्राउ परेका छन् भने १४ फरार रहेका छन् ।