५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनापछि संसद्मा चन्द्र भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी तीन महिनापछि प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनुभएको छ । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते हुनुभएका उहाँ भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किनुभएको थियो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उहाँका लागि बोल्न १२ मिनेटको समय दिनुभएको थियो । उहाँलाई बसेरै बोल्ने व्यवस्था मिलाइएको थियो ।

संसद्मा उहाँले आफू कीर्तिपुर जाँदा निदाएको र मुम्बईमा सात दिनपछि ब्युँझिएको बताउनुभयो । “ब्युँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्”, उहाँले भन्नुभयो ।

सांसद भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको भन्दै आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उहाँले आधुनिक जलन उपचार केन्द्र निर्माण गर्न जोड दिनुभएको थियो । उहाँले त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको बताउनुभएको थियो । उहाँको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो ।

“छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ मलाई डाक्टरहरुले भन्नुभयो । विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन् । म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु”, उहाँले भन्नुभयो ।

सांसद भण्डारीका अनुसार उहाँले उपचार गराएको बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट रहेको र नेपालमा यसको कमी नरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीलाई अनुरोध गरेको छु, हामीले एउटा हस्पिटल बनायौँ भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।”