५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको क्याप्टेन प्रधानमन्त्री हो, कहाँ हस्तक्षेप गर्ने के गर्ने प्रष्ट हुनुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समस्या पहिचान गरेर मात्र नीति तथा कार्यक्रम कार्यान्वयन गराउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हुने र क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने बारे स्पष्ट हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ। आवश्यकता र आकांक्षा ठुलो हुन्छ। यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ। यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ। कहाँ हस्तक्षेप गर्ने ?’

उनले प्रधानमन्त्रीको भाषण सुन्दा सबै कुरा थाहा भएजस्तो लागेपनि केही थाहा नहुने टिप्पणी गरे। अहिले नयाँ सरकार आएको छ। ‘प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा छ जस्तो लाग्छ। तर, वास्तममा थाहा हुँदैन।’, उनले भने, ‘यो एक प्रकरणको बयानबाजी मात्रै हुन्छ। के गर्ने कसरी गर्ने भन्ने थाहा हुँदैन। त्यो थाहा नभएपछि मन्त्रीलाई पनि थाहा हुँदैन।’