९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा सहज रूपमा पाइने पारासिटामोल पनि पाउन छाड्यो



अ+ अ-

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् । ‘नेपाली उद्योगलाई विश्वासमा लिएर चाँडोभन्दा चाँडो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’

भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो ।

पारासिटामोल अनावश्यक रूपमा घरमा मौज्दात राख्दा पनि अभाव देखिएको औषधि व्यवसायी औंल्याउँछन् । अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थ अभाव खड्किँदा र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेको औषधि उत्पादक बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।