४ श्रावण २०८३, सोमबार
,
Latest
कर्मचारीको आन्तरिक मिलान गर्ने सरकारको निर्णय एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ कम्पनीको रु २० अर्बको आइपीओ पाइपलाइनमा



अ+ अ-
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबान)का अनुसार यतिबेला विभिन्न सूमहका २१ वटा कम्पनी प्राथमिक शेयर (आइपीओ) निष्कासनका लागि तयारी अवस्थामा छन् ।
सेबोनका अनुसार चार वटा बीमा कम्पनी, आठ वटा जलविद्युत् कम्पनी, तीन वटा उत्पादन समूह, एउटा लगानी समूह र पाँच वटा अन्य समूहका कम्पनी छन् । यी कम्पनीले करिब २० अर्ब रुपैयाँ बराबरको  आइपीओ निष्कासन गर्ने भएका छन् ।
जसमध्ये अण्डर प्रिलिमिनरी रिभ्यू अन्तर्गत चार वटा कम्पनी छन् । मुक्तिनाथ कृषि विकास कम्पनीले १० करोड ४० लाख रुपैयाँ, सोनापुर मिनरल्स एण्ड आयल्य कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ५२ करोड ४० लाख रुपैयाँ र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।
त्यसैगरी समीक्षा सकाएर प्रतिक्रियाका लागि पठाइएका चार वटा कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा छन् । जसमा डिस होम मिडियाले २३ करोड ८५ लाख, हाथवे इन्भेष्टमेन्ट नेपालले १४ करोड ६२ लाख, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ र भिजन लुम्बिनी उर्जा कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।
साथै प्रतिक्रिया पठाइसकिएको र समीक्षा हुन बाँकी कम्पनीमा रिलायन्स स्पिनिङ, सर्वोत्तम सिमेन्ट, माथिल्लो लोहार जलविद्युत्, मान्धु जलविद्युत्, भगवती जलविद्युत्, अकोर्ड फार्माच्युटिकल्स, मनकामना इन्जिनियरिङ, मिड–सोलु जलविद्युत्, चिख्र्वा हाइड्रो, आइएमई लाइफ इन्स्योरेन्स, माथिल्लो मैलुङ खोला जलविद्युत्, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, र नेपाल वायरहाउजिङ कम्पनी छन् । यी कम्पनीहरुले ७ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा छन् ।