९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?



अ+ अ-

धनगढी। सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन थालिएको छ। अध्यक्ष ओलीले दलका नेता शाहलाई स्पष्टीकरण सोधिसकेका छन्।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि दल परिवर्तन गरेमा वा दलको सदस्यता नरहेमा सांसद पद नरहने व्यवस्था छ। नेपालको संविधानको धारा १८० (ङ) मा ‘जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनबमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा निजको प्रदेशसभा सदस्य रिक्त हुनेछ,’ भनेर व्यवस्था गरेको छ।

यो व्यवस्थाअनुसार एमालेले उनीहरूलाई साधारण सदस्य नरहने कारबाही गरे उनीहरूको सांसद पद जाने सम्भावना देखिन्छ। ‘दलीय व्यवस्थामा दलमा नरहेपछि वा जुन दलबाट चुनाव लडिएको हो त्यो दलको ह्विप नमान्नेको सांसद पद रिक्त हुन्छ, फ्लोर क्रस गर्नेहरूलाई पार्टीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ,’ एमालेका प्रदेश सचिव राजेन्द्रसिह रावलले भने। 

ओली समूहका रावलले सोमबार नै हरेक प्रदेशसभा सांसदलाई पार्टीले ह्विप जारी गरेको पत्र बुझाइएको बताए। नेपाल समूहका सांसदको तर्क अर्कै छ। ‘दलको आफ्नो विधान छ। दल त्यही विधानमा रहेर चल्छ’, प्रमुख सचेतक दुर्गाकुमारी कामीले भनिन्, ‘तर, संसदीय दलको पनि आफ्नै विधान छ। हामी संसदीय दलको विधानअनुसार चल्यौं।’

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) मा संसदीय दलको नेतालाई ह्विप लगाउन सक्ने अधिकार दिइएको छ। दफा २८ (१) क देखि घ सम्मका चार विषयहरू, सरकारको विश्वास र अविश्वासको प्रस्ताव, वार्षिक बजेट र सरकारको नीति तथा कार्यक्रम पारित गर्ने विषय, राष्ट्रिय वा सार्वजनिक महत्वको अरू कुनै विषयमा संसदीय दलको नेताले ह्विप लगाउन सक्ने प्रावधान छ।

‘यो संसदीय दललाई दिइएको अधिकार हो। हामी संसदमा ठूलो दल हो। तर, कोभिडको महामारीका बेला सरकारको समर्थन फिर्ता लिएमा हाम्रो नेतृत्वमा सरकार बन्ने अवस्था पनि देखिएन’, प्रमुख सचेतक कामीले भनिन्, ‘त्यसैले हामीले पार्टीको ह्विप अवज्ञा गरेको भन्न मिल्दैन।’

एमालेको माधवकुमार नेपाल पक्षको साथ पाएपछि मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका थिए । पार्टी स्थायी कमिटीको निर्णय लत्याउँदै नेपाल समूहका १७ सांसदले माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएका हुन्।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।