२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातलाई हराउँदै चेन्नई १० औं पटक आईपीएलको फाइनलमा



अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स कीर्तिमानी १० औं पटक आईपीएलको फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको क्वालिफायर–१ मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो । चार खेलमा गुजरात विरुद्ध चेन्नईको यो पहिलो जित हो । यसअघि सिएसकेले तीनवटै खेलमा हार बेहोरेको थियो । धोनी अब आइतबार पाँचौं पटक च्याम्पियन बन्न मैदान उत्रनेछन् ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा गुजरातको टोली २० ओभरमा १५७ रनमा सिमित भयो ।

चार पटकको च्याम्पियन चेन्नईको टोलीले उत्कृष्ट पुनरागमन गरेको छ । उ गत सिजन प्लेअफमा समेत पुग्न सकेको थिएन । यस पटक धोनीको कप्तानीमा टोलीले फेरि प्लेअफमा स्थान बनायो र त्यसपछि उपाधि नजिक पुगेको हो । फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

गुजरात टाइटन्सको कुरा गर्ने हो भने, हार्दिक पाण्ड्याका कप्तानीमा रहेको गुजरात यो हारपछि पनि आउट भएको छैन । उसले फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । उसले मे २६ मा अहमदाबादमा हुने क्वालिफायर–२ खेल्नेछ । त्यहाँ उसले मुम्बई इन्डियन्स वा लखनऊ सुपर जाइन्ट्ससँग प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटर खेल आज बुधबार मुम्बई र लखनउबीच हुनेछ । यस खेलको विजेता टोलीले क्वालिफायर–२ मा गुजरातसँग खेल्नेछ ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । डेभन कोनवेले ४० रनको योगदान दिए । दुबैले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाए । अजिंक्य रहाणे र अम्बाती रायडुले १७–१७ रन बनाए ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र शिवम दुबेले एक–एक रन बनाए । मोइन अलीले चार बलमा ९ रन बनाएर अविजित रहे । गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले २–२ विकेट लिए । दर्शन नलकन्दे, नूर अहमद र राशिद खानले एक–एक सफलता हात पारे ।

चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरातको टोलीले नियमित अन्तरालमा विकेट गुमाएको थियो । यसको मार उसले बेहोर्नुपरेको थियो । गुजरातका लागि शुभमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए । उनले यस खेलमा पछिल्लो दुई खेलको उत्कृष्ट प्रदर्शन देखाउन सकेनन् । गिलले सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक प्रहार गरेका थिए तर यसपटक भने उनले खेल समाप्त गर्न सकेनन् ।

अन्तिम ओभरमा राशिद खानले छिटो रन बनाए । उनले टिममा आशा जगाए पनि जित हात पार्न सकेनन् । राशिदले १६ बलमा ३० रन बनाए । दासुन शनाकाले १७, विजय शंकरले १४ र ऋद्धिमान साहाले १२ रन बनाए ।

कप्तान हार्दिक पाण्ड्या आठ, मोहम्मद शामी पाँच, डेभिड मिलर चार र राहुल तेवाटिया तीन रन बनाएर आउट भए । नूर अहमदले अविजित ७ रन बनाए । दर्शन नलकन्देले खाता खोल्न सकेनन् । चेन्नईका लागि दीपक चाहर, महिश तीक्षाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले समान २–२ विकेट लिए । तुषार देशपाण्डेले एक सफलता हात पारे ।