३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : चिचिपास र झेरेभ सेमिफाइनलमा प्रवेश



अ+ अ-

यस वर्षको फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास र जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएका खेलमा चिचिपासले विश्व नं. २ खेलाडी डानी मेडभेडेभलाई ६–३, ७–६, ७–५ को सेटमा पराजित गरेका थिए भने झेरेभले स्पेनी खेलाडी डाभिडोभिच फोकिनालाई ६–४, ६–१, ६–१ को सेटमा पराजित गरे ।

अब सेमिफाइनलमा चिचिपास र झेरेभबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुष एकलतर्फ बुधबार दुई वटा सेमिफाइनल खेल हुँदैछन् । पहिलो खेल राफेल नाडाल र अर्जेन्टिनी खेलाडी डिएगो स्वार्जम्यानबीच हुँदैछ भने दोस्रो खेल विश्व नं. १ नोभाक जोकोभिच र म्याटिओ बेरेटिनीबीच हुनेछ ।

महिला एकलतर्फ मंगलबार भएका खेलमा डिफेन्डिङ च्याम्पियन इगा स्वाइटेकले मार्टा कोट्सयुकलाई ६–३, ६–४ ले पराजित गरिन् । अर्को खेलमा टमारा जिदानसेकले पाउला बडोसालाई तथा अनास्तासिया पाब्लुचेन्कोभाले इलिना रिबाकिनालाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
––