• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मधेस सरकारबाट बाहिरियो माओवादी



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) ले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मधेस सरकार विस्तार हुन लागेकै बेला माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।

उहाँले सरकार छाड्ने कारण बताउनुभएन । सत्ता पक्षीय दलको बैठकमा मन्त्रालय टुंगिएको थिएन । मंगलबार मुख्यमन्त्री सरोज कुमार यादवले अचानक सरकार विस्तार गर्न लागेपछि माओवादी केन्द्र असन्तुष्टि जनाउँदै सरकार छाड्ने निर्णय गरेको हो ।

अहिले माओवादी केन्द्रबाट मधेस प्रदेशमा सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री हुनुहुन्छ । माओवादी केन्द्रले थप एक मन्त्रालय माग्दै आएको थियो ।