काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।
इजलासका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईमाथी सरकारी पक्षले प्रश्न उठाएपनि दुई को राय नआएपछि बहस सुरु भएको हो ।