२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु



अ+ अ-

काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

इजलासका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईमाथी सरकारी पक्षले प्रश्न उठाएपनि दुई को राय नआएपछि बहस सुरु भएको हो ।