२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरको बाथरूममा मृत भेटिए टिभी अभिनेता आदित्य सिंह राजपुत



अ+ अ-

एजेन्सी । टिभी अभिनेता तथा कास्टिङ डाइरेक्टर आदित्य सिंह राजपुतको सोमबार शङ्कास्पद मृत्यु भएको छ । उनी केवल ३२ वर्षका थिए ।

उनको शव अंधेरीस्थित उनको घरको बाथरूममा भेटिएको थियो । उनका साथी र भवनका चौकीदारले उनलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार उनको मृत्युको कारण ड्रग ओभरडोज हुन सक्छ । आदित्य सिंह राजपूत दिल्लीका बासिन्दा थिए । उनी आफ्नो रुम पार्टनरसँग मुम्बईको अंधेरीस्थित लश्कारिया हाइट्स नामक भवनमा धेरै वर्षदेखि बस्थे ।

उनले १७ वर्षको उमेरमा मोडलको रुपमा आफ्नो करियर सुरु गरेका थिए । उनले ‘मैने गान्धी को नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्ममा काम गरे । आदित्य ३०० भन्दा बढी विज्ञापन भिडियोमा देखिएका छन् । उनी रियालिटी शो ‘स्प्लिट्सभिला’मा पनि देखिएका थिए ।