२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई स्पष्ट अंक



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले फ्रेण्ड्स क्लवलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दा चर्च ब्वाईजले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । जितसँगै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ भने फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।

सोमवार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा शुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन् । यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा शुरुवाती अग्रता लिएको चर्च ब्वाईजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाईजका लागि अञ्जन बिष्टले १३औं मिनेटमा गोलको खाता खोलेका थिए । तर अग्रता हिमालय शेर्पाले ३६ औं मिनेटमा तोडिदियो । अबायोमी फाकुन्लेले ३६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन् र उपाधि होडमा रहेको चर्च ब्वाईजलाई धक्का लागेको छ । यससँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

लिगमा मंगलवार तीन खेल हुनेछन् । पहिलो खेलमा थ्री स्टार र नेपाल पुलिस तथा दोस्रो खेल सातदोबाटो युथ क्लव र खुमलटार युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।