२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिलान्यास भएको १२ वर्षपछि बन्यो रिघा बौद्ध विहार



अ+ अ-

गलकोट । शिलान्यास भएको १२ वर्षपछि गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ ।

स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि १२ वर्षअघि यसको शिलान्यास गर्नुभएको थियो । उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्तीले बताउनुभयो ।

“बाह्र वर्षअघि बौद्ध धर्म र दर्शनका विषयमा जानकारी लिने मौका मिल्यो, भगवान गौतम बुद्धका नाममा केही गरौँ भन्ने सोच आयो”, घर्तीले भन्नुभयो, “बीस रोपनी जग्गालाई तारबार र संरक्षण गरी विहार बनाउने लक्ष्य यतिबेला आएर पूरा भएको छ ।”

युके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार  निर्माण पूरा भएको हो ।

विहार निर्माणका लागि गलकोट नगरपालिकाको रु १२ लाख, सांसद विकास कोषबाट रु १० लाख, गण्डकी प्रदेश सरकारबाट रु आठ लाख, वडा कार्यालयबाट तीन लाख प्राप्त भएको थियो । साथै रिघा घर भई देशविदेशमा रहनुभएकाबाट रु ८० लाख सहयोग प्राप्त भएको थियो ।

गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिका–११ रिघाका वडाध्यक्ष डम्मर श्रीसको भनाइ छ ।

अग्लो डाँडामा रहेको विहार प्राकृतिक मनोरमको दृष्टिकोणलेसमेत महत्वपूर्ण छ । विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्नुभएको छ । रासस