५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश खेलकुद प्रतियोगिता: नुवाकोटको विजयी सुरुवात



अ+ अ-

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तरगत नुवाकोट जिल्लाले विजयी सुरुवात गरेको छ ।

आज हेटौंडाको क्याम्पा रंगशालामा नुवाकोट र सिन्धुपाल्चोकबीच भएको खेलमा ३–१ गोल अन्तरले सिन्धुपाल्चोकलाई पराजित गर्दै नुवाकोट जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।

नुवाकोटलाई अजय वाइबा,सन्तोष थापा,आकाश राना मगरले एकएक गरेका थिए र सिन्धुपाल्चोकको दीपक लामाले लागि एकमात्र सान्त्वना गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गोल गरेका नुवाकोट जिल्लाका सन्तोष थापा म्यानअफ द म्याच घोषित भए । आज दुईवटा खेल हुनेछन् । पहिलो खेल ललितपुर र सिन्धुलीबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र रामेछापबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।

प्रतियोगितामा कुल १३ जिल्लाको सहभागिता रहेको फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो । पुरुष फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण हेटौडा स्पोर्टस् ड टकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।