२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन खुकुलो पारिँदै



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार रातिदेखि लकडाउन खुकुलो पार्न तयारी थालिएको छ ।

त्यहाँका बासिन्दाले भिक्टोरियाको लकडाउन पालना गरेकाले अहिले अवस्था सामान्य भएको भन्दै भिक्टोरिया राज्यले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो ।

भिक्टोरियाको सबैभन्दा ठूलो सहर मेलबर्नमा लगाइएको लकडाउनको कारण मानिसहरुलाई पछिल्लो दुई सातायता अत्यावश्यक कामका लागि बाहेक बाहिर निस्किन प्रतिबन्ध छ । 

भिक्टोरियामा कोरोनाको पहिलोपटक भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएसँगै लकडाउन गरिएको थियो । बिहीबारदेखि लकडाउन खुकुलो हुन थाल्ने भए पनि अझै पनि केही प्रतिबन्धहरु भने कायमै रहनेछन् ।

लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न र जान रोक लगाइएको छ ।