२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन खुकुलो पारिँदै



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार रातिदेखि लकडाउन खुकुलो पार्न तयारी थालिएको छ ।

त्यहाँका बासिन्दाले भिक्टोरियाको लकडाउन पालना गरेकाले अहिले अवस्था सामान्य भएको भन्दै भिक्टोरिया राज्यले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो ।

भिक्टोरियाको सबैभन्दा ठूलो सहर मेलबर्नमा लगाइएको लकडाउनको कारण मानिसहरुलाई पछिल्लो दुई सातायता अत्यावश्यक कामका लागि बाहेक बाहिर निस्किन प्रतिबन्ध छ । 

भिक्टोरियामा कोरोनाको पहिलोपटक भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएसँगै लकडाउन गरिएको थियो । बिहीबारदेखि लकडाउन खुकुलो हुन थाल्ने भए पनि अझै पनि केही प्रतिबन्धहरु भने कायमै रहनेछन् ।

लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न र जान रोक लगाइएको छ ।