९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्छ– प्रेम सुवाल



अ+ अ-

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जापानमा ‘राजवंशी’ कोटा भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता रहेको आशंका व्यक्त गरेका हुन् ।

‘जापानमा राजवंशी कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगि गर्ने काममा मन्त्रीहरूको संलग्नता नहोला र ?’, उनले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसहित दुईजना प्रहरी अनुसन्धानमा छन् । पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने होइन र ? एक पूर्वप्रधानमन्त्रीले ४ सय जनालाई भुटानी शरणार्थी बनाएर अमेरिका छिराएको सार्वजनिक रूपमै बताएको कुरा सरकारलाई थाहा छ कि छैन ?’

यस्तै, उनले भारतले हिन्दू राज्यको पक्षमा बोल्न सांसदहरूलाई पैसा पठाएको भनिएको अमेरिकी प्रतिवेदनबारे सरकारको धारणासमेत माग गरे ।