३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय पारा तेक्वान्दो खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग



अ+ अ-

काठमाडौं । नेपाल तेक्वान्दो संघ, अन्तर्गत पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ । कोेभिड-१९ दोश्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुदा पारा कमिटिले खेलाडीहरु क्रमश दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ के.जी दाल र नगद रु ५,००० घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरिएको छ ।

खेलाडीहरुलाई खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट नगद रु ४०,००० सहयोगको लागि उपलब्ध गराएका थिए ।

उक्त सहयोग स्थालमा पारा कमिटिका सचिब एवं ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३ औं सागमा २ स्वणर्धारी मण्डे काजीले खेलाडीहरुको घरघरमा गई सहयोग प्रदान गरिएकोछ ।