६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । जर्मल फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा अग्सवर्गलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गर्दै डर्टमण्ड शीर्षस्थानमा उक्लिएको हो ।

डर्टमण्डलाई जित दिलाउन सेवास्टियन हलेरले दुई तथा जुलियन ब्रान्ड्टले एक गोल गरे । सेवास्टियनले ५८ औं र ८४ औं मिनेटमा गोल गर्दा जुलियनले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरेका हुन् ।

खेलको ३८ औं मिनेटमा फेलिक्स उडोखईले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अग्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।

३३ खेलबाट ७० अंकका साथ डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानका बायर्नको समान खेलबाट ६८ अंक छ । अब दुई टोलीले एक–एक खेलमात्र खेल्न बाँकी छ । अग्सवर्ग भने ३३ खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ ।