• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियो



एजेन्सी । जर्मल फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा अग्सवर्गलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गर्दै डर्टमण्ड शीर्षस्थानमा उक्लिएको हो ।

डर्टमण्डलाई जित दिलाउन सेवास्टियन हलेरले दुई तथा जुलियन ब्रान्ड्टले एक गोल गरे । सेवास्टियनले ५८ औं र ८४ औं मिनेटमा गोल गर्दा जुलियनले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरेका हुन् ।

खेलको ३८ औं मिनेटमा फेलिक्स उडोखईले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अग्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।

३३ खेलबाट ७० अंकका साथ डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानका बायर्नको समान खेलबाट ६८ अंक छ । अब दुई टोलीले एक–एक खेलमात्र खेल्न बाँकी छ । अग्सवर्ग भने ३३ खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ ।