६ भाद्र २०८३, शनिबार
,
Latest
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन एकमात्र गोल खेलको १२ औं मिनेटमा जुलियन अल्भारेजले गरे ।

सिटीले पहिलो रोजाइका खेलाडीलाई बेन्चमा राख्दै दोस्रो रोजाइका खेलाडीहरुलाई चेल्सीविरुद्ध उतारेको थियो ।

जारी सिजनको प्रिमियर लिगको उपाधि सिटीले हात पारिसकेको छ । शनिबार आर्सनल नटिङहम फरेस्टसँग पराजित भएसँगै सिटी तीन खेल अगावै च्याम्पियन बनेको थियो ।

शीर्षस्थानको सिटीको ३६ खेलबाट ८८ अंक छ । चेल्सी समान खेलबाट ४३ अंकका साथ १२ औं स्थानमा छ ।