३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० लाख ७६ हजार रकमसहित दुई जना पक्राउ



अ+ अ-

रौतहट । नेपाल-भारत सीमाबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालीका ९ मा सीमावर्ती नाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आइरहेका दुईजना भारतीय नागरिक ३० लाख ७६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् । 

रामपुर चौकीका असई धुलसीन जिम्बाको कमाण्डमा  खटिएको टोलीले बिआर ०५ आर ४५२१ नम्बर प्लेटको ग्ल्याम्बर मोटरसाइकलमा आउँदै गरेका भारत बिहारको मोतिहारी जिल्ला घोडासहन निवासी अन्दाजी  २२ वर्षका बन्टुकुमार कलवार र सोही मोटरसाइकलको पछाडि बसेका २० वर्षीय सुरज कलवारलाई रोकी चेकजाँच गर्दा निजहरूले बोकेको नाइलुनको झोलामा अवैध रकम बरामद भयो ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।