६ भाद्र २०८३, शनिबार
,
Latest
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा कपः नेपाल ह्याट्रिकको लक्ष्यमा



अ+ अ-

काठमाडौँ । नेपाली टोलीकी कप्तान अरुणा शाहीले नेपालमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपमा उपाधि ह्याट्रिक गर्ने अवसर भएको बताउनुभएको छ ।

नेपाल भलिबल संघले आईतवार खेलअघि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा ह्याट्रिक गर्ने अवसर भएको बताउनुभएको हो । उहाँले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिको अवसर भएको बताउनु भयो । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । सोमवारबाट आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।

नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् । १४ गते सम्म चल्ने प्रतियोगितामा आयोजना हुन पूर्वको पत्रकार सम्मेलनमा अन्य देशका कप्तानले पनि कम्तीमा पनि मेडलका लागि प्रतिस्पर्धा गर्ने बताए । प्रतियोगिताका लागि नेपाली टोली तीन महिनादेखि बन्द प्रशिक्षणमा रहेर तयारी गरेको छ । टोलीलाई बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले प्रशिक्षण दिइरहेका छन् । प्रतियोगितामा नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।