५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा ६ मन्त्रीले लिए शपथ



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै, नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिएका छन् ।

यसअघि नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसकेका छन् । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए ।

शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।