२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडाकु शिविरमा कुनै घोटाला भएको छैन– माओवादी केन्द्र



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लडाकु शिविरमा घोटाला नभएको स्पष्ट गरेको छ ।

समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले जिम्मा लिएको उल्लेख गर्नुभयो ।

उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुन:निर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ ।”

विज्ञप्तिमा महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन २०६९ पेज नं २५९ अनुसार उक्त वेरुजुको समपरीक्षण सार्वजनिक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराउदछौं ।”

उपाध्यक्ष महराले नक्कली भुटानी शरणार्थी कारवाही प्रक्रियाले राष्ट्रिय अपराधीहरुलाई कारवाही गरी राष्ट्रको शान जोगाउन उत्साह र मनोबल उठेको बताउनुभएको छ ।

“सबै पार्टीका समर्थक, शुभचिन्तक र आम जनसमुदायमा सकारात्मक जनसमुदायमा सकारात्मक तरंग पैदा गरेको छ । यसले गलत ढंगबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ र श्रम र उत्पादनप्रति सम्मान बढेको छ”, महराले विज्ञप्तिमा भन्नुभएको छ ।