२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपन्न परिवारको साहारा बन्दै हाम्रो दृष्टि राम्रो दृष्टि, ३ सय बढी परिवारलाई सहयोग



अ+ अ-

चितवन । हाम्रो दृष्टि राम्रो दृष्टि सामाजिक संस्थाले राहत वितरण अभियान सञ्चालन गरेको छ । संस्थाले राहत वितरण अभियानलाई विभिन्न चरणमा वितरण गरिरहेको हो । 

संस्थाले पहिलो चरणमा भरतपुरका वडा नं ६, १४, १५ र १६, दोस्रो चरणमा देवघाट,ठिमुरा,रामनगर र तेस्रो चरणमा माडिको वडा नं ५ र ६ मा आवश्यक राहात सामाग्री वितरण गर्दै आएको छ । 

यस्तै चौथो चरणमा भरतपुर वडा नं ९, पाचौं चरणमा कालिका नगरपालिकाको वडा ३, ५, ६, ७ र छैटौं चरणमा पनि कालिका नगरपालिकाको वडा नं १ आवश्यक सामाग्री वितरण गर्दै आएको संस्थाका केन्द्रीय सचिव  रोहन बगालेले बताउनु भयो।

जेठ १४ गते देखि सुरु भएको सो अभियानबाट हालसम्म ३ सय भन्दा बढी अति बिपन्न परिवारले सहयोग पाएका छन् । वि.स २०७४ सालबाट संचालनमा आएको यस संस्थाले बिपन्न परिवारलाई दाल, चामल, तेल, नुन, सोयाबिन र हात धुने साबुन वितरण गर्दै आएको सह-सचिव रबिन देवकोटाले जानकारी दिनुभएको छ।।

संस्था हरेक पल दिन दुखीलाई सहयोग गर्न तत्पर रहेको संस्थाका केन्द्रीय कार्यक्रम व्यवस्थापक सुरज रेग्मीले बताउँनु भयो।