१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

अमिताभ बच्चनलाई पहिलोपटक भेट्दा रक्शीको नशामा थिए मनोज बाजपेयी

अमिताभ बच्चनलाई पहिलोपटक भेट्दा रक्शीको नशामा थिए मनोज बाजपेयी
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेता मनोज बाजपेयीले सुपरस्टार अमिताभ बच्चनसँग पहिलो पटक भेटेको कहानी सेयर गरेका छन् । यो घटना मनोजको आफ्नो फिल्म ‘सत्या’ रिलिज भएको समयमा थियो ।

निर्देशक राम गोपाल वर्माले ‘बिग बी’लाई आफ्नो परिवारसहित फिल्मको विशेष स्क्रिनिङमा निम्तो दिएका थिए । अर्कोतर्फ, अमिताभ बच्चन फिल्म हेर्दै थिए, मनोज रक्सीको नशामा थिए । मनोजले बिग बीको अगाडि उभिने हिम्मत नपाइरहेको बताए । तर, उनले हिम्मत जुटाएर अमिताभलाई अँगालो हाल्ने मनसाय व्यक्त गरे । बिग बीले पनि खुसीसाथ उनलाई अँगालो हाले ।

लल्लनटपसँग कुरा गर्दै मनोज बाजपेयीले भने, ‘म सानैदेखि अमिताभ बच्चनको फ्यान थिएँ । सधैं उहाँलाई भेट्न चाहन्थे । मेरो फिल्म ‘सत्या’ रिलिज भयो । निर्देशक राम गोपाल वर्माले बच्चन साहेब र उहाँको परिवारको लागि विशेष स्क्रिनिङको आयोजना गर्नुभएको थियो । बिग बी आउनुअघि नै उहाँको पुलिस भ्यान त्यहाँ पुग्यो । रामुले स्वागत गरे । सबैजना स्टुडियो भित्र पसे । फिल्म सुरु भयो । रामुको गाडीमा सधै भोड्का हुन्थ्यो । उनले मलाई भने कि उत्सव मनाऔं किनभने अमित जी अब फिल्म हेर्न जानुभएको छ ।’

‘गाडीमा बसेर रक्सी पिउन थाल्यौँ । फिल्म सकिनै लागेको थियो । बच्चन साहब स्टुडियो छाड्न लाग्नुभएको थियो । त्यसपछि रामु आएर भने, बाहिर निस्क, अमित जी आउनै लाग्नुभयो ।’ मनोजले थप भने, ‘मलाई एकदमै रक्सी लाग्यो । मैले उनीलाई भनेँ कि तपाईं जानुहोस्, म आउन सक्दिनँ । त्यसपछि खालिद मोहम्मदले मलाई जबरजस्ती कारबाट धकेले र कार भित्रबाट बन्द गरे । के गरुँ केही बुझिनँ, म वाशरूम गएँ ।’

मनोजले बिग बीको अगाडि उभिने हिम्मत नपाइरहेको बताए । उनले भने, ‘म वाशरूमबाट निस्कने बित्तिकै अभिषेक बच्चन मसँग आए र मसँग कुरा गर्न थाले । त्यसपछि मैले महसुस गरें कि कोही अग्लो मानिस मेरो अगाडि आएर उभिएको छ ।’ मैले देखेको सबै मानिसको छाती थियो । आँखा भेट्ने हिम्मत थिएन, किनकि मलाई थाहा थियो कि अगाडि उभिने व्यक्ति अमिताभ बच्चन हो । मैले एक शब्द पनि बोल्न सकिनँ । म उहाँलाई अँगालो हाल्न चाहन्थेँ । उहाँले ढिला नगरी मलाई अँगालो हाल्नुभयो ।’

यो फिल्म ‘सत्या’ थियो, जसका कारण आज मनोज यति ठूला स्टार हुन् । यो फिल्मले उनलाई सफलताको सिँढी चढाएको थियो । सन् १९९८ मा रिलिज भएको यो फिल्मलाई मनोजले आफ्नो वास्तविक डेब्यु मान्छन् र यो फिल्मले उनको जीवन नै परिवर्तन गर्यो । ‘भिखु म्हात्रे’ को भूमिकाबाट उनी देशभर चिनिएका थिए । यस भूमिकाका लागि उनले उत्कृष्ट सह–अभिनेताको राष्ट्रिय अवार्ड पनि पाएका थिए ।